दोस्रो विण्टर कपः सेमिफाइनलमा पुग्यो एमएमएफसी निरपानी

photocollage_202212121182572.jpg

१ दिसम्बरः लोधोमा खेलकुद संघको तत्त्वावधानमा आयोजित दोस्रो विण्टर कप ओपन फूटबल टुर्नामेण्टमा एमएमएफसी निरपानीले जीतको क्रम जारी राख्दै सेमिफाइनलमा स्थान बनायो। लोधोमा (दार्जीलिङ) खेल मैदानमा बिहीवार खेलिएको म्याचमा एमएमएफसी निरपानीले कालेबुङको जर्जियन फूटबल क्लबलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट फ्रांकले छैटौं र नवौं मिनटमा गोल गरे। एमएमएफसी-का विशाललाई प्लेयर अव् द म्याच चयन गरियो। अब शुक्रवार खेलिने हाई भोल्टेज म्याचमा दार्जीलिङ पुलिस र ३१ जीआर दार्जीलिङबीच भिड़न्त हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ३ लाख ३१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई २ लाख २१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसबाहेक हरेक म्याचको सर्वश्रेष्ठ खेलाड़ीलाई ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। फाइनलसम्म प्रदान गरिने प्लेयर अव् द म्याचको ट्रफीको साथमा च्याम्पियन र रनर अप् टीमलाई प्रदान गरिने ट्रफीहरू कैलाश निरौलाले आफ्नी माता नरमाया निरौलाकी नाममा डोनेट गरेका छन्। यसरी नै प्लेयर अव् द टुर्नामेण्ट हुने खेलाड़ीलाई आधा तोला सुन प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement