तेस्रो जिल्लास्तरीय सल्लाहकार समितिको बैठक

aa87eae7-27f6-44d1-aff6-30d70363bac7

मंगन: आज पेन्टोकस्थित जिल्ला प्रशासनिक केन्द्रमा तेस्रो जिल्लास्तरीय सल्लाहकार समितिको बैठक जिल्लापाल डा. एबी कार्कीको अध्यक्षतामा सम्पन्न भयो। बैठकका आयोजना खाद्य सुरक्षा प्रकोष्ठले स्वास्थ्य एवं परिवार कल्याण विभागको संयुक्त तत्वावधानमा गरेको थियो। बैठकमा जिल्लापाल डा. कार्की, मंगनका एसडीपीओ, सीएमओ, जेडीएस, सीडीपीओ, डीसीएसओ तथा प्रकोष्ठका प्रतिनिधिहरू उपस्थित थिए।

बैठकमा इट राइट मेलाको आयोजन गर्नु पर्ने आवश्यकताका साथै खाद्य सुरक्षा, स्वस्थ स्थानीय र पारम्परिक खाद्य संवर्द्धनबारे जागरूकताको महत्व विषय चर्चा गरियो। लाचेन र लाचुङ जुम्सामा एफएसएसएआई पहल सम्बन्धित कार्यक्रमको विस्तारबारे पनि छलफल गरियो। उल्लेख्य, संयुक्त राष्ट्र महासभाले वर्ष २०२३ लाई कोदोको अन्तरराष्ट्रिय वर्ष भनेर घोषणा गरेको छ। यस अवसरमा प्रत्येक जिल्लाले कोदो मेला आयोजन गर्नु पर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *