कर्मा ग्याल्छेन बम्जनको दुई वटा म्युजिक एल्बम लोकार्पण

6ca9b46f-6b91-466a-8469-ded775de77b4

मिरिक – वरिष्ठ गायक संगीतकार कर्मा ग्याल्छेन बम्जनको दुई वटा म्युजिक एल्बम सौभाग्य अनि पुण्यकर्मको विधिवत लोकार्पण गरियो। संगीत जगतमा  कर्मा ग्याल्छेन बम्जनको नाँउले परिचित उनले आजसम्म  सात सय गीतहरुमा आफ्नो  योगदान दिईसकेको अनि  १५ वटा चलचित्रहरुमा पार्श्व गायकको रुपमा  काम गरिसकेका छन्।उनले नेपाली संगीत बाहेक अमेरिकन ,भुटनिस,गोसपल भजन संग्रहहरुमा काम गरि सकेका छन्।उनले नेपाली चलचित्रमा पनि पार्श्व गायकको रुपमा काम गरिसकेका छन् भने जसमा मेघा,बिन्दास ३,किन मायामा,जब जब माया बस्छ मुख्य रहेको छ। तिनले नेपालमा रहेर संगीत क्षेत्रमा निकै काम गरिसकेका छन् भने निकै ठूलाठूला अवार्डहरु पनि हासिल गरेका छन्।जसमा वर्ष२००३-०४मा हिट्स एफएम अवार्ड चारवटा वर्गमा प्राप्त गरिसकेका छन् जसमा बेस्ट कम्पोजिसन अवार्ड अफ दि इयर,बेस्ट पप कम्पोजिसन,बेस्ट न्यु अर्टिस अफ दि इयर एण्ड रेकर्ड अफ दि अवार्ड मुख्य रहेका छन्।उसरि नै वर्ष २०१८मा उनले नेपालको सम्मान अवार्ड ट्रुवोग इमेज अवार्डमा बेस्ट भोकल क्याटोगरि फर दि संघमा सताउ या मताउ गीतको बोलमा रहेको एल्बमबाट जाउ तिमीमा बेस्ट भोकल अफ दि अवार्ड प्राप्त गरिसकेका छन् भने उसरिनै २०१९मा  बेस्ट म्युजिक ड्राइरेकटर अवार्डमा कान्तिपुर नेशनल अवार्ड प्राप्त गरे उनलाई यो अवार्ड बाबाको टोपीमा पाएका हुन भने यसमा नै बेस्ट कम्पोजिसन अफ द इयस २०२२ पनि प्राप्त गरेका छन्।

यसै क्रममा आज उनको दुईवटा नयाँ म्युजिक एल्बम सौभाग्य अनि पू्ण्य कर्म आज एकैसाथ लोकार्पण गरिएको छ।वरिष्ठ शिक्षक कवि केसाङ लामाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त एल्बमको विमोचन समारोहमा वरिष्ठ चलचित्र निर्माता कैलाश राई,समाजसेवी  सुरज तामाङ ,सन्तोष दर्जी ,विशाल गुरुङ आदिको बाहुलीबाट एल्बमको लोकार्पण गरिएको छ।लोकार्पण समारोह पछि पत्रकारहरुलाई सम्बोधन गर्दै गायक कर्म ग्यालछेन बम्झनले भने यस दुईवटा एल्बममा वरिष्ठ गायक साथै गीतकार कुमार मिक्ष्रको शब्द रहेको छ भने उनि युएसमा रहन्छन् भने पूण्यकर्म एल्बममा भन यायक  छवी नेउपानेको स्वर रहेको छ।उसरिनै सौभाग्य एल्बममा भने दार्जिलिङ, नेपाल र सिक्किमका गायक गायीकाहरुले स्वर दिएका छन्।उनले आफ्नो युट्युब च्यानल रहेको छ भन्दै केके अकटेभमा दुईवटा एल्बमको गीतहरु आगमी हप्ता रिलिज गरिने छ भनि जानकारी दिएका छन्।कर्मा बम्झन आमा बोलको गीतले यो उचाइमा पुर्‍याउन सफल बनेको बताउदै आमा भनेको मेरो जन्मभुमि मिरिक हो भन्दै उनले आफु नेपालमा रहे पनि सम्पूर्ण पहाड तराई सिक्मिम दार्जिलिङलाई प्रतिनिधित्व गरेर अगाडि बढेको हुन्छु भन्दै यसमा मलाई सदैव मेरो श्रमति अनि सहोदर दाजु संगीतकार उत्तममणी बम्झनले मलाई यस् संगीत क्षेत्रमा माया र हौसला प्रदान गरि रहनेछन् भनि बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *