क्रामाकपा नेता अरूण घतानी पितृ शोकमा: आर. बी. राईद्वारा श्रध्दाञ्जली अर्पण

IMG-20221201-WA0366.jpg

दार्जिलिङ: क्रामाकापा नेता अरूण घतानी पितृ शोकमा परेका छन्। क्रामाकपा केन्द्रीय कमिटीका
सदस्य, पार्टी केन्द्रीय प्रवक्ता, गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चाका महासचिव, वरिष्ठ शिक्षक तथा समाजसेवी र लोकप्रिय नेता कमरेड अरूण घतानी (कालीझोढा निवासी) का ८९ वर्षीय पिता गम्भीरसिंह घतानीको आज १ दिसम्बर २०२२ को दिन देहान्त भएको छ। क्रामाकपा नेता अरूण घतानीको पिता गम्भीरसिंह घतानीको निधनमा क्रामाापाको चेयरम्यान आरबी राईले एक प्रेस विज्ञप्ति जारी गरी श्रध्दाञ्जली चढाएका छन्। उनले शोक समवेदना प्रकट गर्दै सदस्यवर्ग, समर्थक तथा अरूण घतानीको सम्पूर्ण सुभेच्छुुक र प्रशंसकहरू शोकाप्त छन् भनी बताउँदै शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेका छन्।
अरूण घतानीको पिताको जन्म तकदाहको कोलबुङ बस्तीमा भएको थियो तथापि कर्मस्थल कालीझोढा रहेको थियो। आफ्ना श्रद्धालु पिताको बिछोड बज्रघात पर्न गएको घतानीको आन्तरिक वेदनाप्रति सहमर्मता जनाउँदै क्रामाकपा केन्द्रीय कमिटी आन्तरिक श्रद्धाञ्जली ज्ञापन गर्दछ भनी आरबी राईले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement