कङ्ग्रेस छोड़ेर भाजपामा सामेल

a22757bf-4159-4ea2-8fa9-8c61ecd8be5e


कालचिनी – पञ्चायत चुनाउको कुनै औपचारिक मिति घोषणा नभए तापनि यसको तयारीमा अहिले सम्पूर्ण राजनैतिक दलको चहलपहल शुरु भएको छ भने एउटा दल छोड़ेर अर्को दलमा योगदान हुने गतिविधि पनि कालचिनीको राजनैतिक माहौलमा शुरु भएको छ।
आज यसै क्रममा हेमिल्टनगञ्ज डिपोपाड़ाका कङ्ग्रेसको बुथ सभापति अनूप प्रधानको नेतृत्वमा प्रायः २५० जना समर्थकहरू भाजपामा सामेल भएको भाजपा नेताहरूले दाबी गरेका छन्। आज सो अवसरमा कालचिनी विधायक विशाल लामा लगायत भाजपा कालचिनी विधानसभा क्षेत्रको संयोजक आलोक मित्र एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *