कालचिनी- एसएसबी ५३ वाहिनी सिमलाबारी फालाकाटा मुख्यालयको आयोजनामा आज स्वच्छता पखवाड़को अवसर पार्दै स्वच्छता शपथ कार्यक्रम सम्पन्न गरिएको जानकारी एसएसबी सुत्रले दिएका छन्।
यस अवसरमा आज एसएसबी द्वितीय कमान अधिकारी धीरज कुमारको मुख्य उपस्थिति रहेको थियो। आगामी १५ दिसम्बरसम्म प्रत्येक सीमावर्ती क्षेत्रहरूमा यो स्वच्छता पखवाड़को अभियान चलाइने एसएसबी सुत्रले जनाएका छन्।