सिटोङको शेल्पुमा तीन दिवसीय तारादेवी पूजाको समापन साथै समाजसेवी बिक्रम राईलाई सम्बर्ध्दना

IMG_20221201_185522.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङमा समग्र प्राणी अनि मानव जातिको कल्याण एवं शान्तिको निम्ति कुन स्हाङ छ्योइ खोरलिङ गुम्बा शेल्पूमा गत २९ नोभेम्बरदेखि शुरू भएको तारादेवी पूजाको आज अन्तिम दिन परम पावन खोम्पे छोइपालद्वारा डोल्मा छे,पवित्र वाङ वितरण कार्यक्रम सम्पन्न गरिएको छ। आजको यस पवन अवसरमा समाजसेवी बिक्रम राई अनि सीबीएससी परीक्षामा ९१.२ प्रतिशत अंक लिएर उत्तीर्ण माउण्ट जोइन स्कूलकी छात्रा कृशीला तामाङलाई सम्बर्ध्दना जनाइएको छ। उक्त सम्बर्ध्दना पत्र अरूण खवास अनि महेन्द्र थापाले पठन गरेका थिए भने मंग्पू लाब्दा समष्टीको भारप्राप्त सभासद रतन कुमार थापा अनि गुरूजी खोम्पो सांगे छोइपाल-को बाहुलीबाट दुवैलाई सम्बर्ध्दना हस्तान्तरण गरिएको छ।

यसरी नै समाजसेवी बिक्रम राईले नानी प्रशान्ती सुब्बालई जसको केही महिना अघि आफ्नो पिताको स्वर्गवास भएकोले वर्तमान आमा छोरीको आर्थिक अवस्था कमजोर हुन गएकोले उक्त नानीको शिक्षाको निम्ति सम्पूर्ण खर्चपात बेहोर्ने वचन दिएका छन्। स्मरण रहोस् समाजसेवी बिक्रम राईले वर्तमान जम्मा 32 जना आर्थिक अवस्था कमजोर परिवारहरूलाई दुई-दुई हजार गरेर मासिक रूपमा एकाउण्टमा हालिदिने गरेको जानकारी सिटोङका सुशिल मुखियाले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement