अलीपुरद्वार: कलचिनी ब्लकको लताबारी ग्राम पञ्चायत क्षेत्रमा बिहीबार विभिन्न दलका धेरै कार्यकर्ता र समर्थकहरू भाजपामा सामेल भए। जानकारी अनुसार आज लताबारी ग्राम पञ्चायत क्षेत्रमा तृणमूल कांग्रेस र कांग्रेसका करिब ३०० जना भाजपामा सामेल भए। भाजपाका कालचिनी विधायक विशाल लामाले उनीहरुलाई भाजपाको झण्डा दिएर आफ्नो पार्टीमा सामेल गरेका थिए। सो अवसरमा बोल्दै उनले यति ठूलो संख्यामा जनता भाजपामा प्रवेश गरेमा यस क्षेत्रमा पार्टी थप सुदृढ हुने बताए।










