दार्जीलिङ चिया … चिया होइन खून: अजय एडवार्डस

IMG-20221201-WA0294.jpg

दार्जीलिङ: दार्जीलिङ चिया चिया होइन खून हो यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पोखेको हो। यहाँको जीम खाना हलमा अल इंण्डियाँ प्लान्टेशन वर्कर्स फेडेरेशनको दुई दिवसीय सर्व भारतीय सम्मेलन आजदेखि शुरू भयो। आज प्रथम दिनको सम्मेलनमा आयोजक समितिले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसलाई पनि निम्ताएका थिए। सम्मेलनलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले दार्जीलिङ चियालाई खूनको उपनाम दिन्दै दार्जीलिङ चिया चिया होइन खून रहेको बताए। तिनले अधि भने दार्जीलिङको धेरैवटा चिया बगानहरू गत केही दिन अधिसम्म बन्द अवस्थामा रहेको थियो। ती बन्द चिया बगानहरूमा हामीले हाम्रो क्षमता अनुरूप राहत समाग्रीहरू वितरण गर्ने कामहरू गरयौ।विमारीहरू लाई दवाई, विधार्थीहरूको स्कूल फीस आदि तिर्ने काम गरी दियौ। एक कप दार्जीलिङ चियाको मूल्य २५० रूपियाँ लिइन्छ तर दिनभरी तातो घाममा खाटेर चिया को मुना टिप्ने ती श्रमिकहरूको रोजी बर्तमान महगाई को तुलनामा रतिभर पनि छैन यो जस्तो दुखको कुरा अरू के हुन सक्छ अध्यक्ष एडवार्डसले उपस्थित मान्यजनहरू समक्ष प्रश्न तेर्साए।आजदेखि दुई दिवसीय सर्व भारतीय सम्मेलन हुदैछ अनि यस सम्मेलनमा अंश ग्रहण गर्न देशको विभिन्न राज्यहरूबाट मान्यजनहरू आएका छन, तपाईहरूले दार्जीलिङ चिया श्रमिकहरूको यस्तो दुर्दशालाई राष्ट्रीय स्तरमा उठाई दिनु होस भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले उपस्थित मान्यजन हरू समक्ष विन्ति विछाए। आफु दार्जीलिङको खाँटी रैथाने रहेको जानकारी गराउँदै मेरो बाजे बराजु पनि दार्जीलिङकै माटोमा जन्मेको हो अनि मेरो बाबा अनि म आफै साथै मेरो छोरा छोरीहरू पनि दार्जीलिङकै माटोमा जन्मेको हो अध्यक्ष एडवार्डसले भने।दार्जीलिङ विश्व प्रसिद्व स्थल हो, यहाँ देश विदेशहरूका मानिसहरू घूम्न आउँने गर्छन।दार्जीलिङ साच्चै नै स्वच्छ र सुन्दर छ।यहाँको हरियाली झार जंगलहरू, खोला नालाहरू देखेर घूम्न आएका पयर्टकहरू खुशी रमाउँने गर्छन। यहाँको चियाको बुटटाहरू देखेर पयर्टकहरू दार्जीलिङ चिया भन्दै रमाउँछन तर यी चिया बगानहरूमा काम गर्ने श्रमिकहरूको अवस्था साच्चै नै सोचनीय छ। तपाईहरूले दार्जीलिङ चिया श्रमिकहरूले भोग्दै आई रहेको समस्याहरूलाई राष्ट्रीय स्तरमा उठाई दिनु होस अनि न्याय दिलाउँनु होस हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement