हामरो हिल तराई दुवर्स चियाबारी श्रमिक संघले दार्जीलिङमा शहीद वी. आर. देवानको सालिग निर्माण गर्ने

IMG-20221201-WA0291.jpg

चिया श्रमिकहरूमाथि भएको शोषण र अन्याय सहन गर्न नसक्दा प्राण त्यागेका थिए

दार्जीलिङ: हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले शहीद वीआर देवानको सालिग निर्माण गर्ने भएको छ। हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी. के. गुरूङले पत्रकारहरूसँगको कुराकानीमा शहीद वी. आर. देवानको शहीद बेदी बनाउने जानकारी गराए। तिनले यस विषयमा भने, ‘चुङथुङ चिया कमान निवासी वी. आर. देवानले चिया श्रमिकहरूमाथि भईरहेको अन्याय र शोषणहरू सहन नसक्दा चुङथुङ चिया कमानकै पत्ती तौलिने गोदाममा आफ्नो बहुमूल्य प्राण त्यागेका थिए।शहीद वीआर देवानको श्रमिकहरूप्रतिको उत्सर्ग र त्यागको कदर गर्दै हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले दार्जीलिङ शहरमा शहीद बेदीको निर्माण गर्ने निर्णय लिएको हो।’
शहीद वी. आर. देवानको सालिग निर्माणको निम्ति हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको पक्षबाट दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेल समक्ष अनुमतिको निम्ति अर्जी पत्र समेत चढाई सकेको अध्यक्ष गुरूङले बताए। अल इण्डिया प्लान्टेशन वर्कर्स फेडेरेशनले श्रमिकहरूको हितमा एक भएर काम गर्नुपर्छ भन्ने सोचलाई आफुहरूले हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *