“सकरात्मक सोच अनि सकरात्मक दिशा पक्रेर हिड्यौं भने सकरात्मक परिणाम पाउनेछौ” अनित थापा
दार्जिलिङ: आज जीटीए प्रमुख कार्यपाल अनित थापाले घूम जोरबङलो कलेजको भ्रमण गरेका छन्। भ्रमणको समय विद्यार्थी अनि शिक्षकहरुलाई सम्बोधन गर्दै अनित थापाले भने, ” घूम जोरबङ्लो कलेजलाई सबैभन्दा राम्रो कलेज बनाउने विचार लिएर काम गरौं। सकरात्मक सोच लिएर काम गर्नु थाल्यौं भने सबै कुरा पूरा हुँदै जानेछ। सकरात्मक सोच अनि सकरात्मक दिशा पक्रेर हिड्यौं भने सकरात्मक परिणाम पाउनेछौं।” असम्भव भन्ने शब्द मेरो शब्दकोषमा नै छैन भन्दै उनले भने, “मेरो लडाई नै पहाडलाई सुव्यवस्थित बनाउनु छ। हाम्रो शिक्षाको सिस्टम ठीक गर्नुछ। हाम्रो विद्यार्थीहरुले शिक्षाको महत्व राम्ररी बुझेको हुनु पर्छ। शिक्षा ले नै हामीलाई हाम्रो चिन्हारी दिनेछ।”

उनले भ्रमणको समय कलेजको पूर्वाधार निर्माणको निम्ति इन्जिनियरहरूलाई पहल सुरु गर्ने निर्देश दिएको पनि जानकारी प्राप्त भएको छ। गत दिनमा भोक हडतालमा बसेका विद्यार्थीहरूलाई भने, “भोक हड्ताल बसेर समस्याको समाधान हुनेवाला छैन। समस्या समाधान टेबलमा बसेर चर्चा गरेर हुन्छ। डायलगले नै समस्याको समाधान हुन्छ।”