खरसाङ: आज पहिरोले विस्थापित भएका रानीबनका १० परिवारले पाए जमीनको पर्जा पट्टा। जीटीएका मुख्य जनसम्पर्क अधिकारी एस पी शर्माले जानकारी दिए अनुसार आज लाल कोठीमा एउटा सानो कार्यक्रम माझ पहिरोले गर्दा विस्थापित भएका १० परिवारलाई जमीन सहित पर्जा पट्टा हस्तान्तरण गरियो। गत वर्षको भीषण वर्षाको कारण रानी वन क्षेत्रमा पहिरो आएको थियो। त्यस पहिरोको कारण धेरै परिवार विस्थापित बन्नु परेको थियो। उनीहरूलाई अस्थायी रूपमा सेन्ट माइकल स्कुलमा राखिएको थियो।अनित थापाले विस्थापित भएको समय पिडित परिवारलाई भेट्न स्वयं पुगेका थिए। त्यो समय उनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष मात्र थिए। त्यही समय उनले जी टी ए प्रशासन कहाँ विस्थापित परिवारहरूको निम्ति जमीन दिलाउने पहल स्थानीय पार्टी नेतृत्वहरुलाई दिएका थिए।पर्जा पट्टा पाउनु हुने परिवारहरूले जी टी ए प्रशासन अनि अनित थापालाई धन्यवाद दिएका छन्। पर्जा पट्टा जी टी ए प्रमुख कार्य पाल अनित थापा, जी टी ए मुख्य सचिव एस पुणम्बल्लाम, जी टी ए प्रमुख सल्लाहकार अमर लामाको उपस्थितिमा वितरण भएको थियो।