कालेबुङमा विश्व एड्स दिवस पालन

IMG_20221201_165507.png

कालेबुङ: वेस्ट बेंगल स्टेट एड्स प्रिभेन्सन एन्ड कन्ट्रोल सोसाइटी, डिपार्टमेन अफ् हेल्थ एन्ड फेमिली वेलफेयरको सहआयोजनामा आज कालेबुङमा विश्व एड्स दिवस पालन गरियो।सिलगढी संगोबद्दो र कालेबुङ जिल्ला अस्पतालले संयुक्त रूपमा शहरमा एउटा सचेतना रैली निकालेर मानिसहरूलाई एड्स बारेमा जागरूक गराए। यस वर्ष विश्व एड्स दिवसको थिम इक्वालाइज (Equalize ) रहेको छ। कालेबुङ जिल्ला अस्पतालका एसडीएमओएच डाक्टर अङ्कन सिम्लान्दीले आज विश्व एड्स दिवसको अवसरमा मानिसहरूलाई एड्स बारे जागरूक गराउको लागि सहरमा एउटा यालीको आयोजना गरिएको जानकारी गराउँदै विश्वमा हाल १.७ मिलियन संक्रमित रहेको बताए। यसैगरी, हाल कालेबुङ जिल्लामा मात्र मोठ १८१जना एड्स संक्रमितहरू रहेको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement