सडक किनारबाट मनिङ वकमा निस्केका युवकको मृतदेह उद्धार

IMG_20221201_162840.jpg

हात्तीको आक्रमणमा ज्यान जाने आशंका

नक्सलबारी: मर्निङ वकमा निस्केका एकजना युवक निखोज भएका थिए।यसरी निखोज बनेका युवकको मृतदेह पछि सड़क किनारमा भेटिएपछि इलाकामा सनसनी फैलियो। मृतक युवक हात्तीघिसाको चनापट्टी निवासी जमुना महतोको रूपमा चिन्हित गरिएको छ। जानकारी अनुसार आज बिहान जमुना महतो घरबाट मर्निङ वकको लागि निस्केका थिए। यसपछि नक्सलबारीको अटल संलग्न नेशनल हाईवे किनारमा तिनको शव उद्धार भएको बताइएको छ। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। अर्कोतिर, हात्तीको हमलामा तिनको मृत्यु भएको हुनसक्ने परिवारका सदस्यहरूले आशंका जताएका छन्। नक्सलबारी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement