उत्तर बंगाल पुस्तक मेला डिसेम्बर २ देखि सुरु हुने

IMG_20221201_150106.jpg

सिलगढी: ग्रेटर सिलगढी पब्लिशर्स एण्ड बुक सेलर वेलफेयर एसोसिएशनको नेतृत्वमा, ४०औं उत्तर बंगाल पुस्तक मेला डिसेम्बर २ देखि सिलगढीमा सुरु भएर डिसेम्बर ११ सम्म चल्नेछ। कञ्चनजङ्घा रंगशालाको मेला मैदानमा आयोजना हुने यस पुस्तक मेलामा ७० वटा स्टल रहनेछन्। मेला परिसरमा हरेक साँझ साँस्कृतिक कार्यक्रमको आयोजना पनि गरिनेछ। सिलगढी नगर निगमका मेयर तथा मेलाका मुख्य सल्लाहकार गौतम देवले बिहीबार मेला परिसरमा पत्रकार सम्मेलन गरी यो जानकारी दिए। यससँगै उनले अहिलेको समाज इन्टरनेटसँग जोडिएको बताए। मानिसले किताब पढ्न छाडेका छन्। त्यसैले यस किसिमको पुस्तक मेला आयोजना गरिएको हो। नयाँ पुस्तामा पुस्तकप्रति रुची जगाउने उद्देश्यले पुस ३ डिसेम्बर पुस्तक मेलाको अवसरमा रंगारंग रैली निकालिने छ। मेलाको उद्घाटन प्रख्यात चित्रकार तथा अभिनेता देवशंकरले गर्नेछन्। उद्घाटन समारोहमा संगीतकार श्रमण गुहा ठाकुरको उपस्थिति रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement