सिलगढी मोटरसाइकल दुर्घटनामा एक किशोरी घाइते

7c22f850-18ca-4b69-92a0-a72680d4d83b

सिलगढी: एक १३ वर्षीया बालिका तीव्र गतिको बाइकले ठक्कर दिँदा गम्भीर घाइते भएकी छन्। बिहीबार सिलगढी नजिकैको फुलबारीस्थित जोतियाकालीबाट तीव्र गतिमा आएको मोटरसाइकलको ठक्करबाट फुलबारीकी पूजा सरकार नामकी किशोरी गम्भीर घाइते भएकी छन्। घटनापछि स्थानीयले घाइते बालिकालाई फुलबारीस्थित नर्सिङ होममा भर्ना गरेका थिए। खबर पाएलगत्तै फुलालबारी ट्राफिक चौकीको प्रहरी र एनजेपी चौकी घटनास्थलमा पुगेको थियो। दुर्घटनामा मोटरसाइकल चालकलाई कुनै क्षति नभए पनि मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ। घाइते बालिकाको घर फुलबारी बटालियन मोड क्षेत्रमा रहेको बताइएको छ। बुबाको नाम सुजित सरकार हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *