फीफा वर्ल्ड कपः ग्रुप डी-बाट फ्रान्स र अष्ट्रेलिया नक्आउट राउण्डमा, डेनमार्कको बिदाई

photocollage_20221210556617.jpg

३० नोभेम्बरः कतरमा जारी फीफा वर्ल्ड कपको ग्रुप डी-मा बुधवार राति केही उदेगलाग्दो परिणाम देख्न पाइयो। वर्तमान च्याम्पियन फ्रान्स ग्रुपको अन्तिम म्याचमा पराजित भयो भने डेनमार्कलाई पराजित गरी अष्ट्रेलियाले नक्आउट राउण्डको टिकट हासिल गऱ्यो। फ्रान्सलाई ट्यूनिशियाले १-०-ले उलटफेरको शिकार बनायो। ग्रुप चरणको अन्तिम म्याचमा अप्रत्याशित हारको सम्मुखीन भए पनि फ्रान्स पहिलो दुईवटा म्याचमा हासिल भएको ६ पोइण्टको साथ गोल अन्तरको आधारमा ग्रुप विजेता बनेर राउण्ड अव् १६-मा पुग्यो। यसरी नै अष्ट्रेलिया पनि ६ पोइण्ट लिएर नक्आउट राउण्डमा पुग्न सफल भयो। अगावै नक्आउट राउण्डमा पुगिसकेको हुनाले आफ्ना केही स्टार खेलाड़ीहरूलाई बेञ्चमा राखेर म्याचको शुरुवात गर्ने फ्रान्सलाई ट्यूनिशिया विरुद्ध यस्तो हारको आशा थिएन। एजुकेशनल सिटी स्टेडियममा ३४ प्रतिशत पोजेशनको साथ खेल्ने ट्यूनिशियाबाट वाहबी खाजरीले 58औं मिनटमा गोल गरे। त्यसपछि फ्रान्सले लगातार आक्रमण गरे पनि अन्तसम्म गोल हासिल गर्न सकेन। वर्ल्ड कपमा यो फ्रान्सको २०१४-को क्वार्टर फाइनलपछि पहिलो हार हो। त्यस समय फ्रान्सलाई जर्मनीले १-०-ले पराजित गरेको थियो।
यसरी नै अष्ट्रेलियाले डेनमार्कलाई १-०-ले पराजित गऱ्यो। अल जानौब स्टेडियममा केवल ३१ प्रतिशत पोजेशनको साथ खेले पनि अष्ट्रेलियाले शक्तिशाली डेनिस टीमलाई स्तब्ध बनायो। म्याथ्यू लेकीले ६०औं मिनटमा दिलाएको एक गोलको बढ़तलाई अन्तसम्म कायम राख्दै अष्ट्रेलियाले नक्आउट राउण्डमा स्थान बनायो। यस म्याचमा जीत हासिल गर्न सकेको भए डेनमार्क सजिलै अघिल्लो राउण्डमा पुग्ने थियो तर स्कोर १-१-ले ड्र रहेको भए चाहिँ दुवै टीमले बिदा लिनु पर्थ्यो तर अन्तमा त्यस्तो केही भएन अनि अष्ट्रेलिया १-०-ले विजयी भएर राउण्ड अव् सिक्स्टीनमा पुग्यो।

About Author

Advertisement