हङ्गेरियन साहित्यानुरागी अलेक्जाण्डर चोमा डी कोरसको टोटेम पोलको रोटरी क्लबद्वारा मरम्मत

00-5f12d3b3-59d1-4bec-91ed-4547041f1258

दार्जीलिङ: दार्जीलिङकालाई हङ्गेरियनका सर्वसाधारणद्वारा सन् २०१२ मा प्रदान गरिएको महत्वपूर्ण उपहारलाई रोटरी क्लब अफ् दार्जीलिङले पुनः निर्माण वा मरम्मति गर्ने दायित्व लिएको छ। वर्तमान टिबिटोलोजीका निर्माता एवं साहित्यानुरागी अलेक्जाण्डर चोमा डी कोरसको स्मरणमा एक दशकअघि स्थानीय मल रोडमा स्थापना गरिएको टोटेम पोलको उद्घाटन हङ्गेरीका कन्सल जेनरलले गरेका थिए। साहित्यानुरागी अलेक्जाण्डर चोमा डी कोरसको निधन ११ अप्रेल १८४२ मा दार्जीलिङमा भएको थियो। उनकै स्मरणमा २०१२ मा यहाँ टोटेम पोल वा स्मारक स्थापना गरिको हो।

तर यति सम्मानका साथ हङ्गेरीद्वारा निर्माण गरिएको यो टोटेम पोल वा स्मारक गएको एक दशल वर्षभन्दा बढी समयदेखि बेहाल अवस्थामा रहिरहेको छ। जसलाई मरम्मति गर्ने रोटरी क्लब अफ् दार्जीलिङले संकल्प गरेको थियो। यसै क्रममा गत वर्ष हङ्गेरीको एक प्रतिनिधि टोली अलेक्जाण्डर चोमा डी कोरसप्रति श्रद्धाञ्जली अर्पण गर्न दार्जीलिङको लेबोङ कार्ट रोडस्थित समाधि स्थालमा आएका थिएl त्यसै अवधिमा रोटरी क्लबका सदस्यहरूले हङ्गेरीको सांस्कृतिक केन्द्र नयाँ दिल्लीकी अधिकारी मरियन एरडोसित भेट गरेर यस टोटेमको मरम्मति गर्ने विषय लिएर चर्चा गरेका थिए। जसमा मरियनले खुशी व्यक्त गर्दै यसमाथि स्वीकृति पनि प्रदान गरेकी थिइन्। त्यसपछि नै रोटरी क्लबले यस टोटेमको मरम्मति, वरिपरिको स्थानलाई सफा गर्ने जस्ता सराहणीय कार्य गरेको छ। जसमाथि रोटरी क्लबका अध्यक्ष सुनिर्मल चक्रवर्तीले यो टोटेमले विद्वान कोरसको स्मरण मात्रै नदिलाएर यसले हङ्गेरी र भारतको सुमधुर सम्बन्धलाई पनि स्पष्ट पार्छ भन्ने बताउँदै यस स्थानलाई सही रूपमा राख्नको लागि क्लबले हरसम्भव प्रयास गर्ने बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *