भारतको सरकारी कम्पनीलाई  हजार दरका ४३ करोड थान नोट छाप्ने जिम्मा

naya-note-3-1024x683-2

  काठमाडौं – नेपाल राष्ट्र ब्याङ्कले एक हजार दरका नयाँ नोट छाप्न भारतीय कम्पनीलाई जिम्मा दिएको छ । ४३ करोड थान ब्याङ्क नोट छाप्ने जिम्मा भारतको सरकारी कम्पनीले पाएको हो ।

भारतको सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडलाई नोट छपाइका लागि सम्झौता गर्ने गरी राष्ट्र ब्याङ्कले आसय पत्र जारी गरेको छ । एक हजार रुपियाँ दरका नोटको डिजाइन, छपाइ र ढुवानीको काम सो कम्पनीले पाउने भएको हो ।

लगभग एक अरब ४६ करोड रुपियाँ बराबरको अमेरिकी डलरमा सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले काम जिम्मा पाएको हो । प्रतिस्पर्धामा रहेका ब्राजिल, चीन र फ्रान्सका कम्पनीले बढी रकम कबोल गरेका कारण छनोट हुन सकेनन् ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *