३० नोभम्बरः प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार एउटा म्याच खेलियो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा आज भएको म्याचमा संगमा एफसी-ले बाकसिंग गाउँ एफसी-लाई ७-१-ले पिट्यो। विजेता टीमबाट अभिनन्दन राईले ह्याट्रिक गरे। यसबाहेक विशाल राई, शुभम थापा, सत्यम थापा र अर्पण थापाले १-१ गोल गरे। बाकसिंग गाउँ एफसी-बाट आशिष थापाले गोल गरे। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









