बुद्ध गया जाने रेल रद्द गरिएकोमा रेल विभागसित म्हाणीपा संघको पत्राचार

963931d5-dad4-44ca-a0e1-cc85f6c74b80

कालचिनी – आउँदो ६ फरवरी अनि १४ फरवरी २०२३ को साप्ताहिक कामाख्या-गया एक्सप्रेस सरकार पक्षबाट अचानक रद्द गरिएकोले बौद्ध धर्मका उपाशक-उपाशिकाहरुलाई ठूलो मर्का पर्न गएको छ। उल्लेखनीय छ, अखिल भारतीय महायान बौद्ध म्हाणीपा संघका बार्षिक अन्तर्राष्ट्रिय म्हाणी दुङ्छुर कार्यक्रममा सहभागी हुनलाई ५०० देखि ६०० जना बौद्ध अनुयायीहरूले टिकट बुकिङ गरेको छ भने अहिले आएर अचानक उक्त रेल रद्द भएकोमा सबै बौद्ध धर्मावलम्बीहरुले दुख व्यक्त गरेका छन्। यसको निम्ति अखिल भारतीय माहायाण बौद्ध म्हाणीपा संघको पक्षबाट सम्बन्धित निकायहरू समक्ष रेल पुनः सञ्चालन गरी दिनलाई अलिपुरद्वार सांसद जोन बारला, दार्जिलिङ सांसद  राजु विष्ट, जलपाइगढी सांसद डा. जयन्त राय, कोक्राझार असमका राज्य सभा सांसद रिवाङरा नारजे अनि रेल मन्त्री अश्विनी बैष्णव दिल्लीसम्म पनि पत्राचार गरेको अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको महासचिव आचार्य सांग्ये छोफेलले जनाएका छन्।

यसै क्रममा बुधबार पूर्वोत्तर रेलवे महाप्रबन्धकलाई भेटगरी सो समस्यालाई अघि सार्दै कामख्या-गया एक्सप्रेस पुनः सञ्चालन गराउने निवेदन राख्न संघका केन्द्रिय समिति सदस्यहरू लामा साङ्गे ठिन्ले, सन्तोष पाख्रिन अनि बादल पाख्रिन मालेगाउँ गुवाहाटी पुगेका थिए। प्रबन्धकले बोर्ड मिटिङ गरेपछि यसको फसेला बताइने आश्वासन दिएको जनाएका छन्। संघको पक्षबाट केन्द्र सरकार समक्ष बोधगया जाने रेल चाँडै सञ्चालन गरियोस् भनी अपील गरिएको पनि संघका महासचिव आचार्य सांग्ये छ्योफेलले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement