जबराभिता अन्डरपासमा ट्रकको ठक्करबाट एक महिला घाइते भएकी छन्

c80da688-e3a6-44d7-a784-883a83e89a19

सिलगढी: सिलगढी नजिकै जाब्राविता अन्डरपासमा ट्रकले ठक्कर दिँदा एक महिला घाइते भएकी छन्। घाइते महिलाको नाम अन्ना दास हो, तिनी ठाकुरनगरको कृष्णनगर इलाकाकी हुन्। बुधबार अन्ना दास किनमेल गरेर साइकलमा घर फर्कदै गर्दा जबराभिता अन्डरपासमा ट्रकले ठक्कर दिएको थियो। घटनापछि स्थानीयले तत्काल महिलालाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगेका थिए। यता, आक्रोशित भीडले ट्रकलाई नियन्त्रणमा लिएर चालकलाई कुटपिट गरेका छन्। खबर पाएलगत्तै घटनास्थलमा पुगेको एनजेपी प्रहरी चौकीका प्रहरीको हस्तक्षेपमा स्थिति नियन्त्रणमा आएको थियो। केही दिनअघि ट्रकको ठक्करबाट जाब्राभिता क्षेत्रमा एक स्कुलका विद्यार्थीको मृत्यु भएको थियो भने सडकको दुरावस्था र दुर्घटनामा प्रहरीको भूमिकाप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement