इस्लामपुरमा अतिक्रमण हटाउ अभियान सुरु  

d2ccc46c-f37b-4124-93f3-b9160c43dbd2

इस्लामपुर: बुधबार फेरि इस्लामपुर नगरपालिकाले अतिक्रमण हटाउ अभियान सुरु गरेको छ। इस्लामपुर विभागीय अस्पताल परिसरमा लामो समयदेखि जिल्ला परिषदका पसलहरू रहेको छ। ती पसलहरूले अवैध रूपमा टिनको सेट बनाएर अस्पताल सडक अतिक्रमण गरेको छ।यो कुरा इस्लामपुर नगरपालिकाको ध्यानाकर्षणमा आएपछि बुधबार इस्लामपुर नगरपालिकाका कार्यकारी अधिकृत अरिकुल इस्लामको नेतृत्वमा नापाका कर्मचारीले अवैध रुपमा राखिएका टिनका सेट हटाएका थिए। घटनास्थलमा उपस्थित इस्लामपुर नगरपालिकाका कार्यकारी अधिकृत अरिकुल इस्लामले आगामी दिनमा पनि इस्लामपुर शहरमा अतिक्रमण हटाउने अभियान जारी रहने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement