मार्गरेट्सहोपमा रहेको कर्म छोईलिङ गुम्बामा पूजा-अर्चना

IMG-20221130-WA0255.jpg

सोनादा: मार्गरेट्सहोप चिया बगान स्थित बीच गाउँमा अवस्थित कर्म छोईलिङ गुम्बामा पूजा-अर्चना गरिएको छ। तामाङ समुदायद्वारा नव निर्माण गुम्बाको पूजा गुम्बाका प्रमुख लामा वाङचुक लामाद्वारा मंगल मन्त्रबाट पूजा आरम्भ गरिएको छ। उक्त नव निर्मित कर्म छोलिङ्ग गुम्बाको पूजामा करूणा म्हाणिपा संघका सदस्याहरूले सहभागिता जनाएका थिए। लगभग तीन सय तामाङ परिवारद्वारा कर्म छोईलिङ्ग गुम्बा निर्माण कार्यमा धरै व्यक्तित्वले सहयोग पुराएका थिए। उक्त व्यक्तित्वहरुप्रति गुम्बा निर्माण समिति तथा तामाङ समुदायको तर्फबाट आभार एवं प्रकट गरेको जानकारी सचिव छोंगेल लामाले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement