हिमालयन हर्टिकल्चर सोसाईटीका प्रतिनिधिहरूद्वारा विभागीय एमओडी सभासद प्रणाम रसाइलीसित भेटघाट

IMG-20221130-WA0250.jpg

खरसाङ: जीटीएको मनोनित सभासद एंव हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाईलीलाई खरसाङको गिध्द पहाड़स्थित उनको कार्यालयमा पुगेर हिमालयन हर्टिकल्चर सोसाईटीका सदस्यहरूले सौहार्दपूर्ण भेटघाट गरेका छन् । हिमालयन हर्टिकल्चर सोसाईटीका प्रतिनिधि टोलीले विभागीय एमओडी सभासद प्रणाम रसाईलीलाई भेट गरी आफ्नै क्षेत्रका व्यक्ति विभागको एमओडी सभासद भएकोमा खदार्पणसहित स्वागत जनाउँदै अागामी दिनमा हर्टिकल्चर विभागको तर्फबाट आउने विभिन्न सहुलियतहरू र हिमालयन हर्टिकल्चर सोसाईटीका कार्यहरू विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। यस अवसरमा हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाईलीलाई हिमायलन हर्टिकल्चर सोसाईटीका सदस्यहरूले विगतमा दिनमा भोग्नु परेको विभिन्न समस्याहरू विषयमा अवगत गराउँदै अहिले आफ्नै क्षेत्रको योग्य व्यक्ति विभागीय सभासद भएकोमा आफुहरूले धेरै आशा राखेको र आगामी दिनमा सोसाईटीलाई धेरै सहयोग गरिदिने तथा सहुलियतहरू पनि दिनुलाई निवेदन गरिएको जानकारी प्राप्त भएको छ। उक्त भेटघाटमा एमओडी सभासद प्रणाम रसाइलीले सोसाईटीलाई आफ्नो पक्षबाट सहयोग गर्ने तथा आगामी दिनमा सभा बसेर कमिटी बनाएर विभागबाट आएको सहुलियतहरू वितरण गर्ने आश्वासन दिएको बताइएको छ। उक्त भेटघाटपछि हिमालयन हर्टिकल्चर सोसाईटीका लक्ष्मण शर्माले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *