लगभग तीन महिनापछि खोलियो खरसाङको अम्बटे चियाबारी

IMG-20221130-WA0216.jpg

खरसाङ: दशैँको मुखैमा बन्द भएको दार्जीलिङ अर्ग्यानिक टी प्राइभेट लिमिटेड अधीनस्थ अम्बटे चियाबारी लगभग तीन महिनापछि आजदेखि खोलिएको छ। प्राप्त जानकारी अनुसार यहाँका विभिन्न राजनीति दलका श्रमिक संगठनहरूसँग सम्झौता गरेर बगानको नयाँ कम्पनी लिमन ग्रासले आजदेखि कमानलाई सञ्चालनमा ल्याएको छ। विशेष गरी विभिन्न राजनीतिक दलहरूसँग सम्बन्धित श्रमिक संगठनहरू अनि नयाँ कम्पनीसँग मंगलवार बसेको एउटा सम्झौता बैठकमा एरियरको पहिलो किस्ता अप्रेल 2023 अनि दोस्रो किस्ता जून २०२३ भित्रमा दिइसक्ने, अवकाशप्राप्त, रिजाइन अनि मृत्यु भएका श्रमिकहरूको ग्रेजुयटी फण्ड मार्च २०२३ सम्म दिइने, श्रमिकहरूको प्रोभिडेण्ट फण्ड कमान सुचारू रूपले चल्न थालेपछि निरन्तर रूपमा जमा गरिदिने, श्रमिकहरूको दैनिक हाजिरा महिनाको प्रत्येक ७ तारीख अनि २२ तारीख दिइने अनि स्टाफ-सब स्टाफहरूको तलब महिनाको १० तारीखसम्म भुक्तान गरिने, कोही पनि श्रमिकहरू अवकाश भएपछि उसको बद्लीमा सातदिनभित्रमा काम दिइने तथा हालसम्म छोड़िएकाहरूलाई यही १५ दिसम्बरभित्रमा मेडिकल परीक्षण गरेर नियुक्ति दिइने, विरामीहरूले पाउनु पर्ने सहुलियत र सुविधाहरू लेबर एक्ट अनुसार दिइने, सरकारी अस्पतालमा उपचार गरिएको जतिपनि बिरामीको बिलहरू जसलाई कमानपक्षबाट अनुमोदित गरेको हुनुपर्छ ती सबै एक महिनाभित्रमा भुक्तान गरिने जस्ता सम्झौताहरू गरिएपछि आजदेखि अम्बटे चियाबारी खोलिएको हो। लगभग तीन महिनापछि कमानको सायरन अाज बजेको थियो तर आज पूर्ण रूपले श्रमिकहरू आफ्नो काममा ननिस्किएको जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *