इस्लामपुरमा अतिक्रमण हटाउ अभियान सुरु

IMG_20221130_150355.jpg

इस्लामपुर: इस्लामपुर नगरपालिकाले बुधबार फेरि अतिक्रमण हटाउ अभियान सुरु गरेको छ। इस्लामपुर विभागीय अस्पताल परिसरमा लामो समयदेखि जिल्ला परिषदका पसलहरु रहेका छन्। ती पसलहरूले अवैध रूपमा टिनको सेट बनाएर अस्पताल सडकमा अतिक्रमण गरेका छन्। यो कुरा इस्लामपुर नगरपालिकाको ध्यानाकर्षणमा आएपछि बुधबार इस्लामपुर नगरपालिकाका कार्यकारी अधिकृत अरिकुल इस्लामको नेतृत्वमा नापाका कर्मचारीले अवैध रुपमा राखिएका टिनका सेट हटाएका थिए। घटनास्थलमा उपस्थित इस्लामपुर नगरपालिकाका कार्यकारी अधिकृत अरिकुल इस्लामले आगामी दिनमा पनि इस्लामपुर शहरमा अतिक्रमण हटाउने अभियान जारी रहने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *