दार्जिलिङमा रहेको हङ्गेरीका अलेकज्याण्डर चोमा डी कोरसको स्मारक रोटरी क्लबद्वारा मरमति तथा सर-सफाई

IMG-20221130-WA0194.jpg

दार्जिलिङ: हङ्गेरियनका जनताद्वारा वर्ष २०१२-मा दार्जिलिङलाई प्रदान गरिएको महत्वपूर्ण उपहारलाई रोटरी क्लब अफ् दार्जिलिङले पुनः निर्माण तथा मरमति गर्ने दायित्व लिएको छ। वर्तमान टिबिटोलोजीका निर्माता एवम् साहित्यानुरागी अलेकज्याण्डर चोमा डी कोरसको स्मरणमा आजभन्दा १० वर्ष अघि दार्जिलिङको मल रोडमा स्थापना गरिएको टोटेम पोलको उद्घाटन हङ्गेरीका कन्सल जेनरलले गरेका थिए। साहित्यानुरागी अलेकज्यान्डर चोमा डी कोरसको निधन विगत ११ अप्रेल १८४२-मा दार्जिलिङमा नै भएको थियो। तिनकै स्मरणमा २०१२- मा यहाँ यो टोटेम पोल वा स्मारकको स्थापना गरिको हो। तर यति सम्मानको साथ हङ्गेरीद्वारा निर्माण गरिएको यो टोटेम पोल वा स्मारक विगत १० वर्षभन्दा अधिक समयदेखि बेहाल अवस्थामा रहेको थियो। जसलाई मरम्मति गर्ने रोटरी क्लब अफ् दार्जिलिङले सङ्कल्प गरेको थियो।

यसै क्रममा गत वर्ष हङ्गेरीको एक प्रतिनिधि टोली अलेकज्यान्डर चोमा डी कोरसप्रति श्रद्धाञ्जलि अर्पण गर्न दार्जीलिङको लेबोङ कार्ट रोडस्थित समाधि स्थलमा आइपुगेको थियो। त्यस अवधि रोटरी क्लबका सदस्यहरूले हङ्गेरीको सांस्कृतिक केन्द्र नयाँ दिल्लीका अधिकारी मरियन एरडोसित भेट गरेर यस टोटेमको मरम्मति गर्ने विषय लिएर कुरा गरेका थिए। जसमा मरियनले खुशी व्यक्त गर्दै यसमाथि स्वीकृति पनि प्रदान गरेकी थिइन्। त्यसपछि नै रोटरी क्लबले यस टोटेमको मरम्मति, वरिपरिको स्थानलाई सफा गर्ने जस्ता सराहणीय कार्य गरेको छ। जसमाथि रोटरी क्लबका अध्यक्ष सुनिर्मल चक्रवर्तीले यो टोटेमले विद्वान कोरसको स्मरण मात्र नदिलाएर यसले हङ्गेरी र भारतको सुमधुर सम्बन्धलाई पनि स्पष्ट पार्छ भन्ने बताउँदै यस स्थानलाई सही रूपमा राख्नको लागि क्लबले हरसम्भव प्रयास गर्ने बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *