जीटीएको कार्यकारिणी सभासद रतन थापाद्वारा कलकत्तामा मन्त्रीहरू र विभागीय अधिकारीहरूसित भेट

IMG-20221130-WA0180.jpg

दार्जिलिङ: जीटीए सिन्कोना विभाग, पञ्चायत विकास बोर्ड, जिल्ला सैनिक बोर्ड, माईनर इरिगेशन अनि प्लानीङ एन्ड डेभलपमेन्ट बोर्डका कार्यकारिणी सभासद रतन थापाले कोलकोतामा विभिन्न विभागीय मन्त्री तथा अधिकारीहरुसित भेट गरेको जानकारी प्राप्त भएको छ। उक्त भेट अवधि दार्जिलिङ पहाडका किसानहरुको कृषि सिचाईको निम्ति ‘जल तीर्थ योजना’ धेरै वर्षदेखि स्थगित थियो भने यसको निम्ति काम शुरु गर्ने सम्बन्धित मन्त्रीले वचन दिएको बताइएको छ। यसको साथै कोर स्कीमको कामहरु गरिदिने बताउँदै पहिलाको स्कीमलाई पनि मन्त्रीले सर्वे टीम पठाएर चाँडैं नै पुरा गरिदिने आश्वासन दिएको जीटीए सभासद रतन थापाले जानकारी दिएका छन्। माइनिङ अनि ईरिगेशन विभागका मन्त्री मानस भूइँयासित पनि भेट गरेर अन्य विभिन्न बिषयमा सभासद रतन थापाले ज्ञापन चढाएका छन्। कोलकताको खाद्य भवनमा मन्त्रीसितको भेट अवधि जीटीए ओएसडी ओरिजित मजुमदर, एक्जुकेटिभ इञ्जिनियर सेभिस्टिन तामसाङ, राज्यका विभिन्न विभागीय इञ्जिनियरहरु पनि उपस्थित रहेका थिए। यसैगरी, सभासद रतन थापाले जीटीए क्षेत्रका भूतपूर्व सैनिकहरुको विभिन्न समस्यालाई लिएर राईटर्स भवनमा राज्य सैनिक बोर्डका अधिकारीहरुसित पनि भेट गरेर वार्तालाप गरेपछि सैनिक बोर्डका अधिकारीहरूले यस बिषयमा चाँडैं उचित पहल गर्ने सिद्धान्त लिएको कुरो जनाएको बताइएको छ। अर्कोतिर, एसेम्बली हाउसमा पञ्चायत अनि रुरल बिकास बोर्डका मन्त्री प्रदीप मजुमदारसित पनि भेट गरेर सभासद थापाले दार्जिलिङ पहाडको पञ्चायत विभागको विभिन्न समस्याहरूलाई लिएर कुराकानी गरेपछि मन्त्रीले यस विषयमा चाँढै नै सभा डाकेर सम्पूर्ण समस्याको समाधान गर्ने कुरा जनाएको बताएका छन्। जीटीए सभासद भएपछि विभिन्न विभागको पदभार सम्हालेपछि पहिलोपल्ट कलकतामा पुगेर विभिन्न मन्त्री अनि अधिकारीहरूसित भेट गर्दा सबैबाट सकारात्मक आश्वासन पाएकोले सबै समस्याको समाधान चाँडै हुने कुरामा आफू आशावादी रहेको कुरा जीटीए सभासद रतन थापाले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *