दार्जिलिङ हिल म्याराथनको लागि खरसाङमा प्रमोशनल रैली सम्पन्न

IMG-20221130-WA0178.jpg

खरसाङ: दार्जिलिङ पुलिसको आयोजनामा भईरहेको दार्जिलिङ हिल म्याराथनको लागि आज खरसाङमा प्रमोशनल रैली सम्पन्न भएको छ। खरसाङ पुलिस थानाको आयोजनामा सम्पन्न उक्त प्रमोशनल रैली खरसाङको मोटर स्ट्याण्डबाट शुरु भएर हिलकार्ट रोड हुँदै वर्ध्दमान रोड भएर पुन: मोटर स्ट्याण्डमा आएर समाप्त भएको छ। यसावधि दार्जिलिङ हिल न्याराथनलाई प्रमोशन गर्न हेतु तत्कालै पुसअप र प्ल्याङ प्रतियोगिता गरेर तत्काल पुरस्कृत गरिएको थियो। उल्लेख्य छ दार्जिलिङको पुलिसको आयोजनामा प्रत्येक दार्जिलिङमा ‘दार्जिलिङ हिल म्याराथन’को आयोजना गरिन्छ अनि यसपाली उक्त म्याराथन आगामी ४ दिसम्बरको दिन भईरहेको छ। खरसाङमा सम्पन्न उक्त प्रमोशनल रैली विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ थानाको आईसी निबेन्दु सरकारले दार्जिलिङ पुलिसद्वारा आयोजना भईरहेको दार्जिलिङ हिल म्याराथनको प्रमोशनल रैली अाज खरसाङमा सम्पन्न भएको बताउँदै यो रैलीमा तत्काल पुसअप र प्ल्याङ प्रतियोगिता गरेर तत्काल पुरस्कृत गरिएको बताएका जानकारी गराएका छन्।

उनले यो दुईवटा क्याटोगरीमा भईरहेको जसमा एउटा १० किलोमीटरको र अर्को २१.१ किलो मीटरको म्याराथन भईरहेको अनि यसमा पनि अलग अलग वर्गमा जस्तै स्थानीयहरूको लागि, ३५ वर्षदेखि, विद्यार्थीहरूका लागि जसले १० किलोमीटरको वर्गमा भाग लिन सक्ने तथा १६ वर्षदेखि पनि भाग लिन सक्ने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement