सिलगढीमा दम्पतीको शव फेला, क्षेत्रमा सनसनी

IMG_20221130_142422.jpg

सिलगढी: सिलगढीको वार्ड नम्बर १८ मा एक दम्पतीको रहस्यमय मृत्युले सम्पूर्ण क्षेत्रमा हलचल मच्चिएको छ। मृत्यु हुनेमा उज्जलकुमार सिन्हा र देवलिना सरकार सिन्हा रहेका छन् । उज्जल बिहेपछि ससुरालीमा बस्ने गर्दथ्यो। तिनी पेशाले निजी शिक्षक थिए र देवलीना कला शिक्षिका थिइन्। बुधबार बिहान दुवैजना घरबाट बाहिर नआएपछि परिवारका सदस्यलाई शंका लाग्यो। त्यसपछि ढोका खोलेर भित्र पसेर उज्जवल सिन्हाको शव ओछ्यानमा र देवलीनाको शव भुइँमा लडिरहेको देखे। त्यसपछि सिलगढी प्रहरी चौकीमा खबर गरिएको थियो। प्रहरीले गएर दुबैको शव निकालेर पोष्टमार्टमका लागि पठाएको छ। दुवैले आत्महत्या गरे वा अन्य घटना भएपनि रहस्य भने कायमै छ। घटनाको खबर पाएलगत्तै पार्षद सञ्जय शर्मा घटनास्थल पुगेका थिए। मृतक देवलीना सरकार सिन्हाकी आमा शिप्रा सरकारले दुवैजना बिहान ११ बजी घरबाट ट्युसनका लागि निस्किएको बताइन्। तर आज दुवैजना आफ्नो कोठाबाट बाहिर नआएपछि शंका लाग्यो। तिनले तुरुन्तै आफ्नी छोरीलाई यो कुरा सुनाइन्। तिनी आएर घरको ढोका ढकढक्याइन् तर भित्रबाट कुनै आवाज आएन। त्यसपछि ढोका तोड्दा दुवैको शव फेला परेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement