नालीमा दुइजनाको शव फेला, हत्याको आशंका

IMG_20221130_162354.jpg

कुचबिहार: दिनहाटाको उत्तर खराब शकदल क्षेत्रमा नालीबाट दुइजनाको शव फेला परेपछि सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ। स्थानीयले गएराति एक महिला र एक पुरुषको शव देखेपछि साहेबगञ्ज प्रहरी चौकीलाई खबर गरेका थिए। साहेबगञ्ज थानाको प्रहरीले दुवैको शव बरामद गरी पोस्टमार्टमका लागि पठाएको छ। मृत्यु हुनेमा बाबु मोडक (४०) र चन्दना बर्मन (३३) रहेका छन्। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले पारिवारिक विवादका कारण तिनको हत्या भएको आशंका गरेको छ। दुइजनाको शरीरमा चोटपटकको निशान थियो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement