कुचबिहार: दिनहाटाको उत्तर खराब शकदल क्षेत्रमा नालीबाट दुइजनाको शव फेला परेपछि सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ। स्थानीयले गएराति एक महिला र एक पुरुषको शव देखेपछि साहेबगञ्ज प्रहरी चौकीलाई खबर गरेका थिए। साहेबगञ्ज थानाको प्रहरीले दुवैको शव बरामद गरी पोस्टमार्टमका लागि पठाएको छ। मृत्यु हुनेमा बाबु मोडक (४०) र चन्दना बर्मन (३३) रहेका छन्। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले पारिवारिक विवादका कारण तिनको हत्या भएको आशंका गरेको छ। दुइजनाको शरीरमा चोटपटकको निशान थियो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।










