फीफा वर्ल्ड कपः ग्रुप ए-बाट नीदरल्याण्ड र सेनेगल अन्तिम १६-मा

photocollage_202211300304372.jpg

२९ नोभेम्बरः नीदरल्याण्ड र सेनेगलले ग्रुप ए-मा आ-आफ्नो अन्तिम लीग म्याचमा जीत दर्ता गरी फीफा वर्ल्ड कप २०२२-को नक्आउट राउण्डमा स्थान बनायो। नीदरल्याण्डले आयोजक कतरलाई २-०-ले पराजित गऱ्यो। यसरी नै सेनेगलले इक्वाडोरलाई २-१-ले पराजित गऱ्यो। सेनेगल विरुद्ध निराशाजनक हारको साथै कतर वर्ल्ड कपको इतिहासमा ग्रुप चरणमा आफ्नो तीनैवटा म्याच हार्ने पहिलो आयोजक देश बन्यो। नीदरल्याण्ड दुईवटा जीत र एउटा ड्र-को साथ ७ पोइण्ट लिएर ग्रुपको शीर्ष स्थानमा रह्यो। यसरी सेनेगल दुईवटा जीतको साथ ६ पोइण्ट लिएर दोस्रो स्थानमा रह्यो। राउण्ड अव् सिक्स्टीन-मा पुग्न सेनेगल विरुद्ध म्याचमा इक्वाडोरलाई केवल ड्र-को आवश्यकता थियो तर पराजित भएपछि ४ पोइण्टको साथ टीमले टुर्नामेण्टबाट बिदा लियो।
नीदरल्याण्डले कतर विरुद्ध म्याचको दुवै हाफमा १-१ गोल गऱ्यो। डच टीमबाट कोडि गक्पोले २६औं अनि फ्रेंकी डी जोंगले ४९औं मिनटमा गोल गरे। यसरी नै सेनेगलको तर्फबाट इस्लामिया सारले ४४औं मिनटमा पेनल्टीबाट गोल गरे। सेनेगलको निम्ति दोस्रो गोल कालिबू कोलिबालीले ६९औं मिनटमा गरे। इक्वाडोरबाट एकमात्र गोल मोएजेस केसीडोले ६७औं मिनटमा गरे। नक्आउट चरणमा नीदरल्याण्डले ग्रुप बी-को दोस्रो स्थानमा रहने टीम विरुद्ध खेल्नेछ। यसरी नै सेनेगलले ग्रुप बी-को विजेतासँग खेल्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *