एसयूको आन्तरिक सिकायत समितिद्वारा यौन उत्पीडनमाथि सचेतना कार्यक्रम आयोजित

photocollage_20221129235848108.jpg

गान्तोक: सिक्किम विश्वविद्यालयको आन्तरिक सिकायत समितिले पहलमा उच्च शैक्षिक संस्थाहरूमा हुने यौन उत्पीडनमाथि एक सचेतना कार्यक्रम आयोजना गर्‍यो। उत्तर बंगाल विश्वविद्यालयका प्रो. गंगोत्री चक्रवर्तीले यौन उत्पीडनका विभिन्न पक्षहरू र यसको प्रभावहरूका बारेमा व्याख्यान दिइन्। उनले महिला सशक्तिकरणको महत्वलाई जोड दिँदै महिला शिक्षित र महिलालाई रोजगारीको अवसर प्रदान गर्नु अत्यन्तै महत्वपूर्ण रहेको बताइन्। यस कार्यक्रमको अध्यक्षता वरिष्ठ प्रो. डा. ज्योति प्रकाश तामाङले गरेका थिए। आफ्नो सम्बोधनमा उनले यस्ता संवेदनशील विषयलाई राम्ररी बुझ्न र इमान्दारिताका साथ व्यवहारमा ल्याउनको निम्ति नियमित रूपमा यस प्रकारको कार्यक्रम आयोजना गरिरहनुपर्ने उल्लेख गरे।

कार्यस्थलमा महिलामाथि हुने यौन दुर्वय्वहार,रोकथाम, निषेध तथा निवारण ऐन, व्यवस्था अनुसार यौन दुर्व्यवहारको सिकायतमाथि छानविन प्राधिकरणको रूपमा काम गर्न र त्यसलाई सचेत गराउन सक्रियरूपमा पहल गर्नको निम्ति आन्तरिक गुनासो समिति गठन गरिएको बताए। सिक्किम विश्वविद्यालयको यौन उत्पीडन विरुद्ध शून्य सहनशीलता नीति रहेको र यौन उत्पीडन विरुद्ध लड्न संवैधानिक जनादेशलाई समर्थन गर्न सदैव प्रतिबद्ध रहेको उनले दावी गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *