केन्द्रिय डोनर मन्त्रालयका संयुक्त सचिव अनुराधाले गरिन् कर्जी माङनाम जीपीयूको भ्रमण

IMG-20221129-WA0333.jpg

गान्तोक: केन्द्रिय डोनर मन्त्रालयका संयुक्त सचिव अनुराधा एस. चगतीले आज कर्जी माङनाम ग्राम पञ्चायत यूनिटको भ्रमण गरिनन्। यस अवसरमा विशेष गरेर उनले एनईसी कोष र सम्भव योजना अन्तर्गत निर्माण हुन लागेको विभिन्न पूर्वधारको पनि निरीक्षण गरेकी छन्। सचिव चागतीसँग विधायक साङ्गे लेप्चा, जिल्लापाल लगायत अन्यहरूको पनि सामेल रहेको थियो। यसरी भारत सरकारको यति ठूलो अधिकारीले दुर्गम क्षेत्रको निरीक्षण गर्नु नै सबै भन्दा ठूलो कुरा रहेको बताएकी छन्। सोही प्रकारले उनले कर्जी माध्यमिक विद्यालय, पोखरी झीलको पनि निरीक्षण गर्दै स्थानीय पञ्चायत र जनतासँग अन्तक्रिया पनि गरिन्। आफ्नो सम्बोधनमा जिल्लापाल हिस्से डी. योङदाले यस गाउँको सर्वाङ्गीण विकासका लागि सबै सरोकारवालाहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आग्रह गरिन्। उनले ब्लक प्रोफाइल र धेरै सूचकहरूको बारेमा संक्षिप्त बताइन् जसले अन्ततः कार्जी मङ्गनमलाई पछाडि परेको स्थितिबाट मुक्त गर्न सहयोग पुग्नेछ।

यसरी नै संयुक्त सचिवले निर्माण भइरहेको पूर्वधारको स्वामित्व लिन जनतालाई आग्रह गरिन्। उनले महिला सशक्तिकरण, आर्थिक स्वतन्त्रताको महत्त्वबारे जानकारी गराउँदै र महिला समूहहरूलाई एसएचजी गठन गर्न प्रोत्साहित गरिन्। उनले भ्रमणलाई प्राथमिकता दिन र निरीक्षणका लागि सबै प्रमुख अधिकारीहरूको उपस्थिति व्यवस्थित गरेकोमा विधायक र जिल्ला प्रशासनप्रति आभार व्यक्त गरेकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *