विधायक साङ्गे लेप्चाले गरे ६ वटा घऱको उदघाटन

IMG-20221129-WA0336.jpg

गेजिङ: सिक्किम विधानसभाका उपाध्यक्ष एवम योक्सम टाशीडिङ निर्वाचन क्षेत्रका विधायक साङ्गे लेप्चाले आज सिक्किम गरीब आवास योजना अन्तर्गत निर्माण गरिएको ६ वटा घऱको उदघाटन गरे। यस अवसरमा योक्समका खण्ड विकास अधिकारी सम्बार लिम्बू, पञ्चायत सभापति सुनिता लिम्बू लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। आज उदघाटन गरिएको घरहरू छेवाङ रिञ्जिङ भोटिया, धनबीर गुरूङ, रूद्र बहादुर छेत्री, बुद्ध सिंह सुब्बा, मंगल सिंह लिम्बू र जगर सिंह लिम्बूलाई सुम्पियो। उल्लेखनीय छ, राज्य सरकारले राज्यका आर्थिकरूपमा कमजोरवर्गका परिवारलाई पक्का घर निर्माण गरिदिने सोंच लिएर सिक्किम गरीब आवास योजना शुरू गरेको हो। यस योजनाअन्तर्गत राज्यभरिमा ३०५० वटा घऱको निर्माण भइसकेको छ भने पूनः १० हजार घर बनाउने लक्ष्य राखेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *