परिचयात्मक एवं समन्वय बैठक

IMG_20221130_000752.jpg

गान्तोक: आज गान्तोक जिल्लाको एडीसी (विकास) कार्यालयले परिचयात्मक एवं समन्वय बैठक आयोजन गऱ्यो। बैठकमा जिल्ला अध्यक्ष बलराम अधिकारी, उपाध्यक्ष मायादेवी प्रधान, गान्तोक जिल्लाका जिल्ला पञ्चायत सदस्यहरू, २३ जीपीयूका सभापति, उपसभापति र ग्राम पञ्चायत सदस्यहरू उपस्थित थिए।
एडीसी राधा प्रधानले जिल्ला अध्यक्ष, उपाध्यक्ष, सभापति, उपसभापति तथा पञ्चायतहरूलाई स्वागत जनाइन्। यस अवसरमा नवनिर्वाचित पञ्चायत सदस्यहरू र जिल्ला प्रशासनका अधिकारीहरूबिच परिचय आदान-प्रदान गरियो। एडीसी प्रधानले आफ्नो सम्बोधनमा पञ्चायति राज प्रणाणीको कामकाजमाथि प्रकाश पारिन्। उनले जन प्रतिनिधिहरू सबैलाई ब्लक, जिल्ला र मुख्यालयसॅंग समन्वय राखेर काम गर्न आह्वान गरिन्।
जिल्ला अध्यक्ष अधिकारीले जनताको हितलाई ध्यानमा राख्दै जिल्ला अनि ग्राम पञ्चायत सदस्यहरूलाई समन्वय राखेर काम गर्न सुझाउ राखे। उनले सरकारका नीतिहरू लागू गर्न ग्राम सभाको महत्वमाथि बल दिए ताकि समाजका गरीबभन्दा गरीबले सरकारी लाभ प्राप्त गर्न सकुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *