मुख्यमन्त्रीद्वारा एनएचआईडीसीएलका अधिकारीहरू र राज्य हित धारकहरूसॅंग आयोजित उच्च स्तरीय बैठक

photocollage_2022113001040844.jpg

गान्तोक: आज चिन्तन भवनको सम्मेलन हलमा मुख्यमन्त्री प्रेमसिंह तामाङले एनएचआईडीसीएलका अधिकारीहरू र राज्य हित धारकहरूसॅंग आयोजित उच्च स्तरीय बैठकको अध्यक्षता गरे। बैठकमा सिक्किम सरकारका मन्त्रीहरू, राज्य प्रशासनका उच्च पदस्थ अधिकारीहरू, पुलिस अधिकारीहरू र एनएचआईडीसीएलका प्रतिनिधिहरू उपस्थित थिए।
मुख्यमन्त्री तामाङले राज्यमा राष्ट्रिय राजमार्ग परियोजनाहरूको प्रगतिको समीक्षा गरे। यस अवधि भूमि अधिग्रहण मामिला, जारी परियोजनाहरूको प्रगति, प्रस्तावित परियोजनाहरू, स्वामित्व विवाद र मध्यस्थता, सम्भावित वित्तीय हस्तक्षेपहरू आदि विषयमाथि चर्चा गरियो। उनले राज्यमा पूर्वाधारहरूको विकासका लागि केन्द्र र राज्य एकाईबिच समन्वयको महत्वमाथि बल दिए।
मुख्यमन्त्रीले गान्तोक, पाकिम, नाम्ची र गेजिङका जिल्लापालहरूसॅंग अन्तरक्रिया गर्दै सड़क निर्माण कार्यहरूको प्रगतिबारे जानकारी लिए। राज्यमा केन्द्रिय एकाईहरूले अपनाएको दृष्टिकोणबारे जानकारी लिॅंदै उनले समयबद्ध तरिकामा काम गर्न सुझाउ दिए। बैठकमा सड़क निर्माण, क्षतिपूर्ति पाएका घरबाट गैर-निकासी, प्रकृतिको सुरक्षा आदि जस्ता विषयहरूमाथि पनि चर्चा गरियो।
मुख्यमन्त्रीले क्षतिपूर्तिका लागि अधिकारीहरूलाई क्षतिग्रस्त क्षेत्रहरूको निरीक्षण गर्न निर्देश दिए। उनले एनएचआईडीसीएललाई पनि आवश्यकता अनुरूप पहल गर्न लगाए। उनले राज्यमा राष्ट्रिय राजमार्गहरू समयमा पूरा गर्न निगरानी कार्यलाई तीव्र बनाउन निर्देश दिए।
बैठकलाई मुख्य सचिव बीवी पाठक, शहरी विकास विभागका मुख्य अभियन्ता शैलेन्द्र शर्मा आदिले पनि सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *