पावर ग्रीडका प्रतिनिधिहरूलाई लिएर मुख्यमन्त्री तामाङले गरे उच्चस्तरीय बैठक

IMG-20221129-WA0338.jpg

गान्तोक: राजधानीस्थित चिन्तन भवनमा आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा पावर ग्री कर्पोरेसनका प्रतिनिधिहरूलाई लिएर एक उच्चस्तरीय बैठक सम्पन्न भयो।बैठकमा सिक्किममा प्रसारण र वितरण प्रणाली सुदृढीकरणको लागि व्यापक योजना बारेमा छलफल गरियो। यसबाहेक नौकरी र सेवाहरूको दायराका लागि विभिन्न मामिलाहरू, जस्तै डिजाइन /इन्जिनियरिङ्, टेन्डरिङ योजनाहरू कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताइएको छ। त्यसैगरी ऊर्जा विभाग अन्तर्गत सरकारको जिम्मेवारी जस्तै नयाँ सबस्टेशनहरूको लागि जग्गा अधिग्रहण, प्रशासनिक अनुमोदन कानून व्यवस्था कायम राख्ने विषय पनि सभामा चर्चा गरियो।

मुख्यमन्त्रीले गान्तोक, मङ्गन, नाम्ची, ग्याल्सिङ र सोरेङ जिल्लाका सम्बन्धित जिल्ला अधिकारीहरूसँग परियोजना लाइन र कामको स्थितिबारे थप छलफल गरे। बैठकमा सहभागीहरूले विभिन्न समस्याहरू सम्बोधन गरे र मुख्यमन्त्रीले सोही अनुसार समाधान गर्न सुझाव दिए। उनले राज्यको पावर ग्रिडसँग सम्बन्धित सरोकारलाई सम्बोधन गर्न र जतिसक्दो चाँडो काम गर्न अधिकारीहरूलाई आग्रह गरे। यस अवसरमा मन्त्री केएन लेप्चा, एमएन शेर्पा लगायत अन्यहरूको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *