रोगी कल्याण समितिका चेयरम्यान गौतम देवले उत्तरबंग मेडिकलमा गरे समीक्षा बैठक

c8c74175-4190-465d-a734-8675b7a2e50d-1024x472-1

सिलगढी :  आज उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रोगी कल्याण समितिका चेयरम्यान गौतम देवले समीक्षा बैठक गरे। उक्त बैठकमा अस्पतालको चिकित्सा परिसेवाको विकासबारे चर्चा परिचर्चा गरियो। यस अवसरमा जिल्ला मुख्य स्वास्थ्य अधिकारी डा. तुलसी प्रामाणिक, कलेजका अध्यक्ष डा. इन्द्रजीत साहा, अस्पतालका सुपर डा. सञ्जय मल्लिक, कलेजका डीन डा. सन्दीप सेनगुप्त लगायत अन्य उपस्थित थिए। बैठकको अन्तमा गौतम देवले अस्पतालको उचित मूल्यको दबाई दोकानविरुद्ध आवाज उठाए। दोकानमा आवश्यक दवाईहरू उचित मूल्यमा उपलब्ध छैन। नियमअनुसार दोकानमा सर्जिकल इन्प्लान्ट हुनुपर्ने तर उक्त कम्पनीले ती उपलब्ध गराएको छैन। यदि उचित मूल्यमा दोकान राम्रो प्रकारले नचलाए मुख्यमन्त्रीको निर्देशमा लाइसेन्स रद्द गर्न बाध्य हुने तिनले बताए। यसबाहेक २०१५-मा ७ करोड़ रुपियाँको लागतमा भूकम्पले प्रभावित अस्पतालको कोरिडर निर्माणको कार्यबारे तिनले प्रश्न चिन्ह खडा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement