मध्यरातमा चिया कारखानामा चोरी, घटना सिसिटिभी क्यामेरामा कैद

IMG_20221129_231350.jpg

जलपाईगुडी: मध्यरातमा चिया कारखानामा सनसनीपूर्ण चोरीको घटना बाहिर आएको छ। यो सम्पूर्ण घटना सिसिटिभी क्यामेरामा कैद भएको छ। जलपाईगुडी जिल्लाको राजगञ्ज कुकुर्यान क्षेत्रको बनियापारा क्षेत्रमा रहेको चिया कारखानामा भएको चोरीको घटनाले हलचल मच्चाएको छ। चिया पात भएका करिब ५३ झोला चोरी भएको बताइएको छ। बिहान करिब १ः३० बजे कारखानाका दुई सुरक्षाकर्मीले बाहिरबाट केही व्यक्ति ल्याएर चोरीको घटना गराएको कारखानाका अधिकारीको आरोप छ। यस सम्बन्धमा राजगञ्ज प्रहरी चौकीमा लिखित उजुरी परेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *