भारतीय जनता पार्टीको चिमनी देवराली मण्डल र गिध्द पहाड़ मण्डल कमिटी गठन

IMG-20221129-WA0322.jpg

खरसाङ: खरसाङको गोर्खा जन पुस्तकालय भवनमा भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला कमिटीको सभा सम्पन्न भएको छ। भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवानको सभापतित्वमा चिम्नी देवराली मण्डल अनि गिद्दे पहाड मण्डलको एक संयुक्त सभा सम्पन्न भएको छ। यसै सभामा सर्व समितिद्वारा खरसाङ क्षेत्रको दुईवटा मण्डलकमिटीहरू क्रमैले चिमनी देवराली र गिध्द पहाड़ मण्डल कमिटी पनि गठन गरिएको जानकारी प्राप्त भएको छ। चिम्नी देवराली मण्डलबाट अध्यक्ष विकास लामा,उपाध्यक्ष अर्जुन छेत्री, महासचिव सन्दीप रावत,सचिव सन्ध्या तामाङ, कोषाध्यक्ष बीके छेत्री अनि अन्य कार्यकारी सदस्यहरु चयन गरिएका छन्।

त्यसरी नै गिद्दे पहाड मण्डलबाट अध्यक्ष निशान सुनवार,उपाध्यक्ष सशक्त अली, महासचिव सुमित्र प्रधान, सचिव कृष्ण गुरुङ र रजनिश गुप्त, कोषाध्यक्ष रमन तामाङ अनि अन्य कार्यकारी सदस्यहरू चयन गरिएका छन्। यसै सभामा जिल्ला सचिव राजु राई, सोनाम लामा, जिल्ला कमिटी सदस्य विनिता सुब्बा, बिनु राई, मदन जोगी, राजेश गजमेर, संजय थापा, कार्यालय सचिव श्री कृष्ण बराइली, खरसाङ विधानसभा प्रभारी योगेश प्रधान,भाजयुमो महासचिव विनय प्रसाद, सोसियल मिडिया जिल्ला प्रभारी चंदन प्रसाद आदि पनि उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *