हन्टापाडामा भव्य रूपमा श्रीमद् भागवत महापुराण हुने

84362456-6d0b-482a-aacd-942f84ff4bb7

मालबजार –  डुवर्सको मादारीहाट ब्लक अन्तर्गत हन्टापाडा चियाबारीमा यसपाली नयाँ वर्षमा अति उत्साह र उमङ्गसाथ पहिलोपल्ट सप्ताहिक श्रीमद्भागवत महापुराण भव्य रूपमा सम्पन्न हुने जानकारी आयोजक समितिका संयोजक अर्जुन समालले दिएका छन् । आगामी नयाँ वर्ष जनवरी २८ तारिखको दिन एघार बजीदेखि कलश यात्रा शुरू गरिने र २९ जनवरीदेखि फरवरी ४ को दिन समापन हुनेछ। व्यक्ति, परिवारदेखि लिएर समाज देश र विश्वमा भइरहेको द्वेष अमानवीय कार्य र समाजदेखि लिएर विश्वकै शान्ति वैभव धर्मरक्षा र स्वास्थ्य समृद्धिको निम्ति यो महापुराण गरिएको साथै सनातन संस्कृतिको वसुदैवकुटुम्भकम्को संस्कारलाई चरितार्थ पार्न पनि यो महान कार्यको आयोजना गरिएको हो भनी मूलसचिव दिवस मगरले जानकारी गराए। गत महिनादेखि नै विभिन्न ठाउँहरूमा सबै समुदायका व्यक्तिहरूले सहयोग गरिरहेको छ भनी संयोजक समालले भने। आयोजक समितिका अध्यक्ष रामे प्रधानले विश्वमा छरिएर बसेका महान सनातन धर्मप्रति आस्था राख्ने सम्पूर्ण सनातन परिवारलाई उक्त महत कार्यमा सहयोग गरिदिने भनी विनम्र अनुरोध गरेका छन् । व्यास प• श्याम सुन्दर ढकाल अनि उपव्यास प• उत्तम घिमिरे लगायत छ जना पण्डितहरूको करकलमबाट महापुराण सम्पन्न हुनेछन् । उक्त महापुराणमा सबै श्रद्धालुगणलाई उपस्थित भइ सफल तुल्याउन साथै अन्तिम दिनमा सामाजिक सांस्कृतिक धार्मिक साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तिहरूलाई पनि सम्मान र सम्वर्द्धन गरिने छ भनी संयोजक अर्जुन समालले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement