१७ दिसम्बरको दिन राज्य सचिवालय नवान्नमा पूर्वी क्षेत्रीय सुरक्षा परिषदको बैठक

8a826111-8f89-443c-b7e2-7bb9b6f2f6d4

कोलकता – आगामी १७ दिसम्बरको दिन राज्य सचिवालय नवान्नमा पूर्वी क्षेत्रीय सुरक्षा परिषदको बैठक हुनेछ। केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा हुने यस बैठकमा मुख्यमन्त्री ममता ब्यानर्जीसॅंग बिहारका मुख्यमन्त्री नितीश कुमार, झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन, ओडिशाका मुख्यमन्त्री नवीन पटनायक र सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित रहनेछन्।

बैठक अवधि ममता ब्यानर्जीले केन्द्रिय गृहमन्त्री अमित शाहसॅंग भिन्नै भेट गर्न सक्ने छिन्। केन्द्रिय गृहमन्त्री यस पूर्वी क्षेत्रीय सुरक्षा परिषदका अध्यक्ष र मुख्यमन्त्री ममता ब्यानर्जी उपाध्यक्ष हुन्। यदि नितीश कुमार यस बैठकमा उपस्थित भएको खण्डमा पहिलोपल्ट भाजपाको साथ छाडेपछि उनी केन्द्रिय गृहमन्त्रीसॅंग एउटै मन्चमा हुनेछन्। सूत्रअनुसार, बैठकपछि अमित शाहले आफ्ना पार्टीका पदाधिकारीहरू र नेताहरूसॅंग भिन्नै बैठक गर्न सक्नेछन्।

विधानसभा चुनाउपछि अमित शाहको यो दोस्रो बंगाल भ्रमण हो। यसअघि नोभेम्बर महिनामा पनि राज्य सचिवालयमा समीक्षा बैठक हुनु थियो, तर उनको व्यस्तताका कारण बैठक हुन सकेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement