सिलगढी: आजदेखि बीएसएनएलका अस्थायी कर्मचारीहरू आ-आफ्नो काममा फर्किएका छन्। लगभग २९ दिनदेखि चलिरहेको आन्दोलन अन्तमा माग पूरा भएपछि हडताल फिर्ता लिएका छन्।स्मरण रहोस, बीएसएनएलको अस्थायी कर्मचारीहरूले बकाया वेतन सहित अन्य मागहरूलाई लिएर हड़ताल सुरू गरेका थिए। सिलगढीको बीएसएनएल कार्यालय सहित जेनरल म्यानेजर कार्यालयको गेट बन्द गरेर तिनीहरूले लगातार हडताल गरिरहेकोले गर्दा काम-काज ठप्प भएको थियो। यसको साथै सिलगढी नगर निगमको ‘टक टु मेयर’ कार्यक्रम समेतमा प्रभाव परेको थियो। लगातार २९ दिनसम्म चलेको आन्दोलन पछि आज अस्थायी कर्मचारीहरूको सबै माग पुरा भएपछि आन्दोलनकारीहरूले बीएसएनएल कार्यालयको गेट खोलिदिए। यस अवसरमा आन्दोलनकारी अशोक दासले भने, हाम्रो सबै मागहरू पुरा भएपछि नै आजदेखि हामीले हडताल फिर्ता लिएका हौं।









