सिक्किम विश्वविद्यालयमा यौन दुर्व्यवहार बारे सचेतनामूलक कार्यक्रम

00-2-1

गान्तोक: सिक्किम विश्वविद्यालयको इन्टरनल कम्प्लेन्ट्स कमिटी (आईसीसी) मङ्गलबार उच्च शैक्षिक संस्थाहरूमा यौन उत्पीडन सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गर्‍यो। उत्तर बङ्गाल विश्वविद्यालयका प्रो. गंगोत्री चक्रवर्तीले यौन उत्पीडनको विभिन्न पक्षहरू र पीडितको जीवनमा यसको प्रभावबारे व्याख्यान दिए। उनले महिला सशक्तिकरणको महत्वलाई जोड दिँदै महिलाहरु शिक्षित हुन र महिलालाई रोजगारीको अवसर प्रदान गर्नु अत्यन्तै महत्वपूर्ण रहेको बताइन्। व्याख्यान सत्रको अध्यक्षता वरिष्ठ प्रा. डा. ज्योति प्रकाश तामाङले गरेका थिए। आफ्नो सम्बोधनमा उनले यस्ता संवेदनशील विषयलाई राम्ररी बुझ्न र इमान्दारिताका साथ व्यवहार गर्नका लागि यस्ता संवेदनशिल कार्यक्रमहरू नियमित रूपमा आयोजना गरिरहनुपर्ने उल्लेख गरे।

कार्यस्थलमा महिलामाथि हुने यौन दुर्व्यवहार (रोकथाम, निषेध तथा निवारण) ऐन, २०१३ को व्यवस्था अनुसार यौन दुर्व्यवहारको उजुरीमाथि छानबिन प्राधिकरणको रुपमा काम गर्न र त्यसलाई सचेत गराउन सक्रिय कदम चाल्न आईसीसी गठन गरिएको छ। लैङ्गिक मामलाहरूमा विद्यार्थी, कर्मचारी र संकाय सदस्यहरूलाई संवेदनशील बनाउन सक्रिय उपायहरू लिन निकाल्न सकिनेछ। सिक्किम विश्वविद्यालयको यौन उत्पीडन विरुद्ध शून्य सहनशीलता नीति रहेको र यौन उत्पीडनविरुद्ध लड्न संवैधानिक जनादेशलाई समर्थन गर्न प्रतिबद्ध रहेको  छ। यसले लैङ्गिक समानतालाई दृढतापूर्वक समर्थन गर्दछ र कुनै पनि प्रकारको लैङ्गिक भेदभाव, यौन उत्पीडन र लैङ्गिक हिंसाको विरोध गर्दछ। सचेतना कार्यक्रममा रजिष्ट्रार  केभीएस कामेश्वर राव, विश्वविद्यालयका संकाय सदस्यहरू, कर्मचारीहरू र विद्यार्थीहरू सहभागी थिए। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement