खोकीको सिरप र दुई लाख नगदसहित तस्कर पक्राउ

IMG_20221129_172629.jpg

खोरीबारी: खोरीबारी प्रहरीले नेपाल–भारत सीमा क्षेत्र पानीटँकीबाट प्रतिबन्धित खोकीको सिरप र दुई लाख रुपैयाँ नगदसहित तस्करलाई पक्राउ गरेको छ। अभियुक्तको नाम राहुल अधिकारी हो। उनी पानीटङ्कीको गौरसिंह जोत क्षेत्रका बासिन्दा हुन्। युवक सोमबार राति नक्सलबारीबाट स्कुटरमा पानीटँकीतर्फ आउँदै थिए। गोप्य सूचना पाएपछि पानीटङ्कीचौकीका ओसी अनुप वैद्यको नेतृत्वमा रहेको प्रहरी टोलीले उनलाई एसियन हाइवेको उत्तर रामधन जोत क्षेत्रमा नियन्त्रणमा लिएर खोजी गरेको थियो। खोजीका क्रममा प्रहरीले स्कुटरको थुप्रबाट २८ बोतल प्रतिबन्धित कफ सिरप र नगद रु दुई लाख बरामद गरेको छ। प्रहरीले आरोपितलाई खोरीबारी प्रहरी चौकीमा ल्याई सोधपुछ सुरु गरेको छ। खोरीबारी प्रहरीले उनलाई मंगलबार सिलगढी डिभिजनल अदालतमा पेश गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *