लोवर सिडर्स अन्तर्गत पर्ने इन्टेक शान्तिग्रामदेखि धोतरिया बालासनसम्म पुग्ने बाटोको शिलन्यास

IMG-20221129-WA0206.jpg

सोनादा: आज लोवर सिडर्स अन्तर्गत पर्ने इन्टेक शान्तिग्रामदेखि धोतरिया बालासनसम्म पुग्ने बाटोको विधिवत रुपमा शिलन्यास कार्य भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा एवं क्षेत्रीय सभासद एंव डेपुटी चेयरम्यान राजेस चौहानको अगुवाईमा स्थानीय समाजसेवी तथा वरिष्ठ नागरिक कमानसिंह राईको हातबाट नरिवल फुटाएर जेसीबी लगाइयो। यहाँको मुख्य बाटोसंग यो बाटो धोतरिया जुम्ला गाउँसंग जोडिनेछ। यहाँ बाटो नभएको कारण लगभग १५-२० घरको लामो समयदेखि समस्या रहेको थियो। बिरामी भए बोकेर लानु पर्ने अवस्था रहेको थियो भने अब यो बाटोको शिलान्यास कार्य भएकोले गर्दा स्थानीय मानिसहरू उत्साहित छन्। यस बाटो भएर स्कूले नानीहरू, यहाँको स्थानीय मानिसहरूलाई धेरै नै असुविधा रहेको थियो। क्षेत्रीय सभासद राजेश चौहान भोट अगाड़ी यस ठाउँको भ्रमण गर्दा नै आश्वासन दिएका थिए र आज आएर उनले आफ्नो वचन पूरा गरेको बताइएको छ। स्थानीयहरूले उक्त बाटोको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष एवं जीटीए कार्यपाल अनित थापा ज्यु एवं डेपुटी चेयरम्यान राजेश चौहानलाई धेरै धेरै धन्यवाद दिएका छन्। बाटो नभएको कारण हामीले खाद्य सामाग्रीहरू पनि बोकेर लानु पर्ने थियो। यति मात्रै नभएर कोई पनि बिरामी एवं गर्भवती हुँदासम्म बोकेर लानु पर्ने थियो र यो समस्याको जानकारी हामीले गत दिनहरूमा राजेश चौहानलाई बताएको थियौं र उनले चाँडै गरेर स्थानीय ठाउँको निरीक्षण गरेर यसको लागि जेसेबी लिएर बाटो खनाई दिएको भन्दै सम्पूर्ण स्थानीय मानिसहरूबाट धन्यावाद दिन चाहन्छौं भनी स्थानीयहरूका पक्षमा भन्छन निशा राईले धन्यवाद दिएका छन्। उक्त बाटोको शिलान्यास कार्यक्रममा देवचन्द्र मोथे, अरूण राई, नवीन राई, निशा राई, प्रजय राई, सफल प्रधान, पुकार राई, सन्तविर राई, भक्त राई, भास्कर राई, सुक्राणी राई, रूपा राई, सुबावती राई, पुजान राई उपस्थिति रहेको जानकारी अविनाश मोथेले दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *