जीटीएका मुख्य कार्यपाल अनित थापा वचन पूरा गर्नपुगे सिटोङ-लाटपञ्चर

00-Anit-Thapa-GTA-Chief-1

खरसाङ: जीटीएका मुख्य कार्यपाल अनित थापा दुई दिने भ्रमणमा आफू सभासद बनेको समष्टि सिटोङ-लाटपञ्चर पुगेका छन्। भ्रमणमा आएका अनित थापाले भने, ‘मैले समष्टिलाई महिनामा दुई दिन दिन्छु भनेर वचन दिएको थिएँ। त्यही वचन अनुरूप दुई दिन समष्टिमा बिताउनेछु। मैले चुनाव समयमा समष्टिलाई जुन वचन दिएको थिएँ त्यो पूरा गर्ने पहल शुरु गरेको छु। समष्टिका मानिसहरूले व्यक्तिगत होइन सामूहिक विकासको माग राखेका छन्। उनीहरू भन्छन समष्टिको विकास हुनुपर्छl’

यस समष्टिमा पर्यटन वैकल्पिक आय श्रोत रहेको बताउँदै उनले भने, ‘पर्यटन व्यवसाय आधुनिक बनेको छ। समष्टिमा यो व्यवसायसित सम्बन्धित सबै व्यवसायीहरूलाई यही माग अनुरूप अघि बढाउने मेरो सोच रहेको छl’ अनित थापाले भ्रमणको पहिलो दिनमा लोवर सेब्जे सार्वजनिक भवनको निर्माण कार्यको शिलान्यास गरे। सार्वजनिक भवन निर्माणको वचन उनले चुनावको बेलामा दिएका थिए। उनले एमएसके सिटोङ-१, ट्राइबल मैदान, घलेटार, पाँच पोखरी, सेल्पु-सिटोङ पुगेर स्थानीय मानिसहरूसँग भेटघाट गरेl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *