राज्य स्तरीय कला उत्सव प्रतियोगितामा अंश ग्रहण गर्न ज्ञानदीप सुनार कलकत्ता प्रस्थान

photocollage_202211291605996.jpg

मिरिक: राज्य स्तरीय प्रतियोगितामा अंश ग्रहण गर्नको लागि मिरिकको रवीन्द्रनाथ विद्यालयका विद्यार्थी ज्ञानदीप सुनार आज कलकत्ता प्रस्थान गरे। हालै दार्जीलिङ आरकेएसपी स्कूलमा सम्पन्न भएको जिल्ला स्तरीय इन्स्ट्रुमेन्टल म्युजिक मेलोडिक, कला उत्सव- २०२२ कार्यक्रममा तिनले पहिलो स्थान हासिल गरेका थिए। त्यसपछि राज्य स्तरीय प्रतियोगितामा अंश ग्रहण गर्ने अवसर उनले प्राप्त गरे।आफ्नो कला प्रस्तुत गर्न स्कूललाई प्रतिनिधित्व गर्दै कोलकत्ता प्रस्थान भएको मिरिक रवीन्द्रनाथ उच्च माध्यमिक विद्यालयका विद्यार्थी ज्ञानदीप सुनारलाई विद्यालय परिवारको तर्फबाट शुभकामना व्यक्त गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement